१३औं ग्रामीण स्वास्थ्यकर्मीहरुको सम्मेलन
५ – ७ चैत्र, २०८१ (१८–२० मार्च, २०२५)
काठमाडौं, नेपाल
NSI ले प्रत्येक वर्ष स्वास्थ्य सेवा विभाग (DoHS) र राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्र (NHTC) को सहकार्यमा संयुक्त रूपमा देशभरका स्वास्थ्यकर्मीहरूको लागि सम्मेलन आयोजना गर्दछ। यससम्मेलनमा देशभरका ५० भन्दा बढी जिल्लाका डाक्टर, नर्स, प्यारामेडिक र प्रशासकहरुको सहभागिता रहने गरेको छ ।
यस तीन दिने सम्मेलनको उद्देश्य भनेको :
१. स्वास्थ्यकर्मीहरुको साझा चुनौति र सफलताहरु आदानप्रदान गर्नको लागि उनीहरु बीच संजालको सृजना गर्ने ।
२. निरन्तरचिकित्सकीय शिक्षा (Continuing Medical Education) प्रदान गर्ने।
3. सरकार र ग्रामीण स्वास्थ्कर्मीहरु बीच संवाद आदान प्रदानको लागि फोरम प्रदान गर्ने ।
सम्मेलनमा भाग लिनको लागि स्वास्थ्यकर्मीले आफ्नो संस्थामा काम गर्दाकोअनुभवबाट तयार पारिएको केश स्टोरीलाईटिकटको रूपमा पेश गर्नुपर्नेछ।